जताततै पानीको अभाव (कविता)

जताततै पानीको अभाव (कविता) : Icon Khabar

वन जंगल मासिएर
खोला सुक्दै छ ।
घरै छेउको खोल्सामा
धुलो उडदै छ ।

सानो छदाँ खोल्सातिर
भेटिन्थ्यो बाँसका पातका धारा
गोठालाहरु रमाउथे
गीत गाउँथे अनेक थरि भाका ।

चराहरु सुरिलो स्वरमा
गीत गाउथे हेर
बासँ अनि क्यातुकेका धाराले
त्यसमा सुर थपथे तेतिखेर ।

पहाड मधेस सबैतिर
पानीकै छ अभाव
सुक्खा मौसम बढदै जाँदा
सबैलाई छ तनाव ।

पानीका मुलहरु सुक्दै
गए हेर
आधुनिक संरचनाले मौसम
विगारयौ धेर ।

पानी माग्दै मधेशबाट
काठमाण्डौ सम्म पैदल यात्रा
जलस्रोतको धनि देशमा
के हो यस्तो जात्रा ?

उनीहरुको मागहरु कस्ले
सुन्छन होला ?
माइतीघरका चित्कारहरु
कस्ले बुझछन् होला ?

चुरे दोहन निभ्तिएर
भयो खानेपानी अभाव
त्यस्तो कार्य गर्नेलाई
क्स्ले सिकाउछ सबक ?

वन जंगल, चुरे क्षेत्र
अमुल्य हाम्रो सम्पदा
कृषि प्रधान देश हाम्रो
पानीको छ धेरै आवश्यकता ।

जीव जन्तु मानबलाई
अति आबश्यक पानी,
यसैमा निहित छ
हाम्रो जीन्दगानी ।

आजको यो समस्यालाई
दिगो समाधान खोजौ
सबैतिर हराभरा
रुखहरु रोपौ ।

लेखक: सुनिता गाइसी

 

 

Published Date: 03 June 2024


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर