सोमबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो

सोमबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २१ । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आईतबार छापावाल सुन ताेलाकाे एक लाख ४२ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ । आईतबार चाँदी एक हजार ८५० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 03 June 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग