समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता हुने

समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता हुने : Icon Khabar

काठमाण्डौ, जेठ १७ । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।

‘सहकारी समस्यामा सञ्चालक वा एकाघरका परिवार सदस्यबाट राखिएका सम्पत्ति धितो वा कम्तीमा ५ लाख रुपैयाँ भए पनि बचतकर्ता सदस्यलाई फिर्ता गर्ने प्रस्ताव गरिएको छ, यसले बचत तथा ऋण सहकारीमा देखिएको समस्या समाधानमा हाम्रो सानो कोसिस देखाउँछ ।’ अर्थमन्त्री पुनले भने ।

यस्तै मन्त्री पुनले सहकारीमा लागेका लाई निरुत्साहित नहुन र गल्ती गरिएको नठान्न आग्रह गरेका समेत गरे ।

अर्थमन्त्रीले भने, ‘संविधानले सहकारीलाई एउटा खम्बा मानेको छ, सहकारी क्षेत्रले राम्रो गरेको छ तर केही सहकारीका सिद्धान्त र कानुन विरीत चलेका सहकारीहरुले गर्दा यो क्षेत्र बदनाम भएको छ, यो क्षेत्र सानो पूँजी, सानो श्रम, सानो अनुभव र कारोबारलाई एकीकृत गरेर ठूलो श्रम, ठूलो शक्ति, ठूलो प्रत्यन्त र पूँजी बनाउने माध्यम हो ।

यो हाम्रो लागि जरुरी छ । त्यसकारण सहकारीकर्ताले निरुत्साहित हुनुपर्ने वा गल्ती नगरेकाहरूले सहकारीमा लागियो, गल्ती गरियो भन्ठान्नु पर्दैन ।’

अर्थमन्त्री पुनले उक्त अवसरमा समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याई सुधार गर्दै जाने समेत बताए । हामीले बजेटमा सहकारीलाई संरचनागत र नीतिगत सुधार गर्ने विषय पनि समेटेका छौं’ उनले भने ।

Published Date: 30 May 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड