समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता हुने

समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता हुने : Icon Khabar

काठमाण्डौ, जेठ १७ । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।

‘सहकारी समस्यामा सञ्चालक वा एकाघरका परिवार सदस्यबाट राखिएका सम्पत्ति धितो वा कम्तीमा ५ लाख रुपैयाँ भए पनि बचतकर्ता सदस्यलाई फिर्ता गर्ने प्रस्ताव गरिएको छ, यसले बचत तथा ऋण सहकारीमा देखिएको समस्या समाधानमा हाम्रो सानो कोसिस देखाउँछ ।’ अर्थमन्त्री पुनले भने ।

यस्तै मन्त्री पुनले सहकारीमा लागेका लाई निरुत्साहित नहुन र गल्ती गरिएको नठान्न आग्रह गरेका समेत गरे ।

अर्थमन्त्रीले भने, ‘संविधानले सहकारीलाई एउटा खम्बा मानेको छ, सहकारी क्षेत्रले राम्रो गरेको छ तर केही सहकारीका सिद्धान्त र कानुन विरीत चलेका सहकारीहरुले गर्दा यो क्षेत्र बदनाम भएको छ, यो क्षेत्र सानो पूँजी, सानो श्रम, सानो अनुभव र कारोबारलाई एकीकृत गरेर ठूलो श्रम, ठूलो शक्ति, ठूलो प्रत्यन्त र पूँजी बनाउने माध्यम हो ।

यो हाम्रो लागि जरुरी छ । त्यसकारण सहकारीकर्ताले निरुत्साहित हुनुपर्ने वा गल्ती नगरेकाहरूले सहकारीमा लागियो, गल्ती गरियो भन्ठान्नु पर्दैन ।’

अर्थमन्त्री पुनले उक्त अवसरमा समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याई सुधार गर्दै जाने समेत बताए । हामीले बजेटमा सहकारीलाई संरचनागत र नीतिगत सुधार गर्ने विषय पनि समेटेका छौं’ उनले भने ।

Published Date: 30 May 2024
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?