फुटबल टोलीको तयारीका लागि ३० खेलाडी डाकिए

फुटबल टोलीको तयारीका लागि ३० खेलाडी डाकिए : Icon Khabar

काठमाडौं, जेठ १६ । लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ।

त्यसका लागि अखिल नेपाल फुटबल संघ ( एन्फा) ले खेलाडीलाई‌ प्रशिक्षणमा डाकेको छ।  टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीलाई‌ प्रशिक्षणमा‌ बोलाएको एन्फाले जनाएको‌ छ।

लेबनानमा जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप हुने बताइएको छ । यद्दपी प्रतियोगिताका सहभागी अन्य टोलीको जानकारी प्राप्त नभएको एन्फाले बताइएको छ।

प्रशिक्षणमा बोलाइएका खेलाडी
गोलकिपर – कप्तान एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सुशीला कुमारी चौधरी

डिफेन्डर–  अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, सबिना चौधरी , गंगा गुरुङ

मिडफिल्डर – अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दीपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटे, सरु लिम्बु, मनमाया दमाई , तुलसा बोहरा

फरवार्ड – सावित्रा भण्डारी साम्बा, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता राना मगर , ममता पुन

Published Date: 29 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय