फुटबल टोलीको तयारीका लागि ३० खेलाडी डाकिए

फुटबल टोलीको तयारीका लागि ३० खेलाडी डाकिए : Icon Khabar

काठमाडौं, जेठ १६ । लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ।

त्यसका लागि अखिल नेपाल फुटबल संघ ( एन्फा) ले खेलाडीलाई‌ प्रशिक्षणमा डाकेको छ।  टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीलाई‌ प्रशिक्षणमा‌ बोलाएको एन्फाले जनाएको‌ छ।

लेबनानमा जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप हुने बताइएको छ । यद्दपी प्रतियोगिताका सहभागी अन्य टोलीको जानकारी प्राप्त नभएको एन्फाले बताइएको छ।

प्रशिक्षणमा बोलाइएका खेलाडी
गोलकिपर – कप्तान एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सुशीला कुमारी चौधरी

डिफेन्डर–  अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, सबिना चौधरी , गंगा गुरुङ

मिडफिल्डर – अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दीपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटे, सरु लिम्बु, मनमाया दमाई , तुलसा बोहरा

फरवार्ड – सावित्रा भण्डारी साम्बा, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता राना मगर , ममता पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने