बलिउड अभिनेत्री काजोल अभिनीत फिल्म ‘महारागनी: क्वीन अफ क्वीन्स’ को टिजर सार्वजनिक

बलिउड अभिनेत्री काजोल अभिनीत फिल्म ‘महारागनी: क्वीन अफ क्वीन्स’ को टिजर सार्वजनिक : Icon Khabar

भारत, जेठ १६ । बलिउड अभिनेत्री काजोल अभिनीत फिल्म ‘महारागनी: क्वीन अफ क्वीन्स’ को टिजर सार्वजनिक भएको छ।

मंगलबार टिप्स अफिसियल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा काजोलको एक्सन अवतार देखाइएको छ।

चरनजीत उप्पलपति निर्देशित फिल्ममा काजोल र प्रभुदेवा मुख्य भूमिकामा छन्। उनीहरूले २७ वर्षपछि एकसाथ काम गर्न लागेका हुन्। उनीहरू सन् १९९७ मा फिल्म ‘मिन्सार कानावु’ मा एकसाथ देखिएका थिए।

फिल्मा उनीहरूसँगै नसीरूघद्दीन शाह, संयुक्ता मेनन, जीशु सेनगुप्ता, आदित्य सिललगायत कलाकारको अभिनय रहनेछ। फिल्मको प्रदर्शन मिति तय गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो