अस्पतालहरुमा सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधीको मौज्दात शून्य

अस्पतालहरुमा सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधीको मौज्दात शून्य : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, जेठ १४ । सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधीको मौज्दात नहुँदा निःशुल्क औषधी वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ ।

महालेखा परीक्षणको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधी स्वास्थ्य संस्थामा मौज्दात नहुँदा निःशुल्क औषधी वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन नभएको देखाएको हो ।

स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयर मार्फत परीक्षण गर्दा यस्तो देखिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार निःशुल्क वितरण हुने औषधीमध्ये केही औषधीको स्वास्थ्य संस्थामा रहेको मौज्दात निरीक्षण गर्दा २६४ संस्थामा सिटामोल, ३५३ संस्थामा अबलेण्डाजोल, ७१६ संस्थामा भिटामिन ए क्याप्सुल, ७२१ संस्थामा एमोक्सोसिलिन, ५३४ संस्थामा नाभी मलम र ३८० संस्थामा जीवनजलको मौज्दात शून्य रहेको पाइएको छ ।

सरकारको नीति कार्यान्वयन गर्न आवश्यक औषधी नियमित रुपमा आपूर्ति हुने व्यवस्था गरी सोको अनुगमन गर्न महालेखा परीक्षण निर्देशन दिएको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउँदै आएको छ । हाल सरकारी अस्पताल २०१, प्राथमिक स्वास्थ्य केन्द्र १८९, हेल्थपोष्ट तीन हजार ७९४ समेत चार हजार १८४ स्वास्थ्य संस्था रहेका छन् ।

ती स्वास्थ्य संस्थामार्फत सरकारले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको र निःशुल्क उपलब्ध गराउने औषधी यीनै स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको छ ।

निःशुल्क वितरण वितरण गरिने औषधीहरु प्रदेश, स्थानीय तह र सङ्घीय तीनवटै सरकारमार्फत खरिद गरी वितरण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 May 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने