अस्पतालहरुमा सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधीको मौज्दात शून्य

अस्पतालहरुमा सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधीको मौज्दात शून्य : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, जेठ १४ । सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधीको मौज्दात नहुँदा निःशुल्क औषधी वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ ।

महालेखा परीक्षणको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले सरकारले निःशुल्क प्रदान गर्दै आएको अत्यावश्यक औषधी स्वास्थ्य संस्थामा मौज्दात नहुँदा निःशुल्क औषधी वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन नभएको देखाएको हो ।

स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयर मार्फत परीक्षण गर्दा यस्तो देखिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार निःशुल्क वितरण हुने औषधीमध्ये केही औषधीको स्वास्थ्य संस्थामा रहेको मौज्दात निरीक्षण गर्दा २६४ संस्थामा सिटामोल, ३५३ संस्थामा अबलेण्डाजोल, ७१६ संस्थामा भिटामिन ए क्याप्सुल, ७२१ संस्थामा एमोक्सोसिलिन, ५३४ संस्थामा नाभी मलम र ३८० संस्थामा जीवनजलको मौज्दात शून्य रहेको पाइएको छ ।

सरकारको नीति कार्यान्वयन गर्न आवश्यक औषधी नियमित रुपमा आपूर्ति हुने व्यवस्था गरी सोको अनुगमन गर्न महालेखा परीक्षण निर्देशन दिएको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउँदै आएको छ । हाल सरकारी अस्पताल २०१, प्राथमिक स्वास्थ्य केन्द्र १८९, हेल्थपोष्ट तीन हजार ७९४ समेत चार हजार १८४ स्वास्थ्य संस्था रहेका छन् ।

ती स्वास्थ्य संस्थामार्फत सरकारले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको र निःशुल्क उपलब्ध गराउने औषधी यीनै स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको छ ।

निःशुल्क वितरण वितरण गरिने औषधीहरु प्रदेश, स्थानीय तह र सङ्घीय तीनवटै सरकारमार्फत खरिद गरी वितरण हुने गरेको छ ।

Published Date: 27 May 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी