सोमबार नेप्से परिसूचक झिनो अंकले बढ्यो

सोमबार नेप्से परिसूचक झिनो अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ १४ । सोमबार नेप्से परिसूचक ३.९३ विन्दुले बढेर २११३.२७ अंकमा आएको छ । आज ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

१३ मध्ये १० वटा समुहका सूचक सकारात्मक भएका छन् ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 May 2024
Website | + posts