यो हप्ता सुनको भाउ निकै आकाशियो

यो हप्ता सुनको भाउ निकै आकाशियो : Icon Khabar

काठमाडौं, जेठ ५ । यो हप्ता विश्व बजारमा सुन तथा चाँदी दुवैको मूल्य उच्च दरले बढेको छ । अमेरिकी रिजर्भ बैंक (फेड) ले लिएको नीतिगत कारणले गर्दा मूल्यमा चाप परेको विश्लेषकहरुले तर्क गरेका छन् ।

आइतबार प्रति १० ग्राम १ लाख १८ हजार ६५५ रुपैयाँ रहेको सुनको भाउ बिहीबार हालसम्मकै उच्च रेटमा पुगेको थियो । त्यस दिन प्रति १० ग्राम सुनको भाउ १ लाख २० हजार ३० रुपैयाँ थियो । यता, शुक्रबार भने भाउ घटेर प्रति १० ग्राम सुनको रेट १ लाख १९ हजार ४३० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार यो साता नेपाली बजारमा चाँदीको मूल्यपनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ४७९ रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ५४७ रुपैयाँ ५० पैसा पुग्यो । यता, शुक्रबार भने सामान्य घटेर प्रति १० ग्राम १ हजार ५४३ रुपैयाँकायम भएको छ ।

सुनको भाउ यसरी बढ्नुमा मध्यपूर्वको द्वन्द, अमेरिकी डलर मजबुत हुनु, आर्थिक मन्दी तथा चीनले सुनको खरिद बढाउदा यसको माग बढेको हो । माग बढेसँगै सुन र चाँदीको भाउ पनि बढेको हो । जब अर्थतन्त्र मन्दीमा जान्छ तब लगानीकर्ताले सुनचाँदीलगायत क्रिप्टो करेन्सीको खरिद बढाउछन् । केही जानकाहरुका अनुसार सुनलाई लगानीकर्ताहरुले रिसेसन प्रुफ मान्ने गरेका छन् ।

यता, स्थानीय बजारमा भने अन्तर्राष्ट्रिय बजारको सीधा प्रभाव पर्ने गर्छ । विश्व बजारमा भाउ बढेकैले नेपाली बजारमा पनि सुन महँगो भएको हो । यसबाहेक स्थानीय बजारको मागका आधारमा पनि मूल्यमा थोरै तलमाथि हुने गरेको छ । लगातार भाउ बढेकाले माग भने कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । अत्यावश्यक अवस्थमा बाहेक सुनका गहना किन्नेहरुको संख्यामा कमी आएको व्यापारीको दाबी छ ।

चीन लगायतकाले देशहरुले सुनको भण्डारण बढाएका छन् । यसले पनि माग बढ्न थएको हो । माग बढेकै कारण मूल्य वृद्धि भइरहेको देखिन्छ । अहिलेकै अवस्थामा सुनको मूल्य समग्रमा सस्तो हुने देखिएको छैन । अझै मूल्य माथि जान सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2024
Website | + posts