रविजीले गृह मन्त्रालय लिएर बस्न मिल्दैन : डा. शेखर कोइराला

रविजीले गृह मन्त्रालय लिएर बस्न मिल्दैन : डा. शेखर कोइराला : Icon Khabar

काठमाडौं, जेठ ५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन् । पार्टी निकट वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताए ।

कोइरालाले भने, ‘उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस् । त्यति बेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन ।’ लामिछाने गृहमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने दावी गरे । उनले भने, ‘गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ ? नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी र सांसदले नभई प्रहरीले गर्ने बताएका छन् ।

अहिलेको विवाद कांग्रसले दोषी भनेको र अरूले दोषी छैन भन्नेबीचको कुरा मात्रै रहेकाले निष्कर्षमा पुगेपछि समाधान हुने कोइरालाले बताए । ‘बोल्नुस् भनेर भनेकै हो हामीहरुले । तर हामीहरुले के भनेको थियौं भने तपाईले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने बस्छौं । होइन भने हामी तपाईले बोलेको विषयको खण्डन गर्छौं, त्यो स्वीकार्य भएन,’ उनले भने । त्यसकारण प्रजातन्त्रमा अझै कांग्रेस जस्तो प्रजातन्त्रिक पार्टीले बोल्न नदिएको भन्नु गलत रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू