रविजीले गृह मन्त्रालय लिएर बस्न मिल्दैन : डा. शेखर कोइराला

रविजीले गृह मन्त्रालय लिएर बस्न मिल्दैन : डा. शेखर कोइराला : Icon Khabar

काठमाडौं, जेठ ५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन् । पार्टी निकट वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताए ।

कोइरालाले भने, ‘उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस् । त्यति बेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन ।’ लामिछाने गृहमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने दावी गरे । उनले भने, ‘गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ ? नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी र सांसदले नभई प्रहरीले गर्ने बताएका छन् ।

अहिलेको विवाद कांग्रसले दोषी भनेको र अरूले दोषी छैन भन्नेबीचको कुरा मात्रै रहेकाले निष्कर्षमा पुगेपछि समाधान हुने कोइरालाले बताए । ‘बोल्नुस् भनेर भनेकै हो हामीहरुले । तर हामीहरुले के भनेको थियौं भने तपाईले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने बस्छौं । होइन भने हामी तपाईले बोलेको विषयको खण्डन गर्छौं, त्यो स्वीकार्य भएन,’ उनले भने । त्यसकारण प्रजातन्त्रमा अझै कांग्रेस जस्तो प्रजातन्त्रिक पार्टीले बोल्न नदिएको भन्नु गलत रहेको उनले बताए ।

Published Date: 18 May 2024


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली