सुन चाँदी चोरी गरेको आरोपमा ६ जना पक्राउ

सुन चाँदी चोरी गरेको आरोपमा ६ जना पक्राउ : Icon Khabar

काठमाडौं, जेठ ५ । ललितपुरमा चोरी गर्ने सहूका व्यक्तिहरू पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन् ।

पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।

उनीहरूलाई फरक-फरक दिन फरक-फरक ठाउँबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । गुरुङको घरबाट वैशाख-९ देखि ९ गतेको बीचमा सुन-चाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2024
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)