अन्तिम खेल जितेर पनि प्लेअफको दौडबाट बाहिरियो लखनऊ सुपर जाइन्ट्स, आफ्नै घरमा मुम्बई पराजित

अन्तिम खेल जितेर पनि प्लेअफको दौडबाट बाहिरियो लखनऊ सुपर जाइन्ट्स, आफ्नै घरमा मुम्बई पराजित : Icon Khabar

काठमाडौँ, जेठ ५ ।  इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को पछिल्लो खेलमा लखनऊ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । दुवै टिम प्लेअफको होडबाट बाहिरिसकेका छन् ।

शुक्रवार राति मुम्बईमा सम्पन्न खेलमा जीतसहित लखनऊले तालिकामा १४ अंक बनाए पनि माइनसमा रनरेट हुँदा तालिकाको छैटौं स्थानमा रहेको छ । मुम्बईले भने ८ अंकका साथ तालिकाको १० औं अर्थात अन्तिम स्थानमा रहेर यो आइपीएल सिजन पूरा गरेको छ ।

मुम्बइको वानखडेमा टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । जवाफमा मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९६ रनमात्रै बनाउँदा १८ रनले पराजित भयो ।

लखनऊको इनिङको सुरुवात भने राम्रो रहेन । लखनऊका देवदत्त पडिक्कल गोल्डेन डकको सिकार बने । त्यसपछि मार्कस स्टोइनिस र कप्तान केएल राहुलले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे । तर, पियुष चावलाले ४९ रनको स्कोरमा स्टोइनिसलाई आउट गरे । उनी २८ रन बनाएर पभेलियन फर्किए । चौथो नम्बरमा ब्याटिङमा आएका दीपक हुड्डाले मात्र ११ रन बनाएर आउट हुन पुगे ।

त्यसपछि निकोलस पुरनले मोर्चा सम्हालेका थिए । २९ बलको सामना गर्दै ७५ रनको महत्वपूर्ण पारि उनले खेले । यस खेलमा पुरनले १९ बलमा अर्धशतक बनाएका थिए । यस क्रममा उनको ब्याटबाट पाँच चौका र आठ छक्का निस्केको थियो । उनलाई नुवान तुषाराले आउट गरेका थिए ।

सोही क्रममा कप्तान केएल राहुल ४१ बलमा ५५ रन बनाएर आउट भए । यी दुईबीच चौथो विकेटका लागि १०९ रनको साझेदारी भयो । पियुष चावलाले राहुललाई पभेलियन पठाए । यस खेलमा अरशद खान खाता नखोल्दै आउट भए भने आयुष बडोनी र क्रुणाल पाण्ड्याले क्रमशः २२ र १२ रन बनाएर नटआउट रहे । मुम्बईका लागि नुवान तुषारा र पियुष चावलले समान ३ विकेट लिए ।

लक्ष्य पछ्याउँदा मुम्बई इन्डियन्सले बलियो सुरुवात गरेको थियो । ओपनिङमा ब्याटिङमा आएका रोहित शर्मा र डिवाल्ड ब्रेभिसले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरे । उक्त साझेदारीलाई नवीन उल हकले तोडेका थिए । उनले नवौं ओभरमा डेवाल्ड ब्रोभिसलाई आउट गरेका थिए । उनले २० बलमा २३ रन बनाउन सके । यसपछि सूर्य खाता नखोलेर पभेलियन फर्किए । रोहित शर्माले ६८ रन बनाउन सफल भए । उनले १७८.९४ को स्ट्राइक रेटमा १० चौका र तीन छक्का प्रहार गरे ।

हार्दिक पाण्ड्याले १६ रन, नेहल बढेराले एक र इशान किशनले १४ रन बनाए । लखनउविरुद्ध नमन धीरले विस्फोटक ब्याटिङ गरे । उनले २६ बलमा अर्धशतक बनाए । यस खेलमा उनले ६२ रन बनाएर नटआउट रहे । उनले चार चौका र पाँच छक्का प्रहार गरे । रोमारियो शेफर्ड एक रन बनाएर अविजित रहे ।

लखनउका रवि बिश्नोई र नवीन उलाहकले समान २ विकेट लिए । यस्तै क्रुणाल पाण्ड्या र मोहसिन खानले समान १ विकेट लिए ।
आइपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंग्लुरु र चेन्नई सुुपर किंग्स भिड्दै छन् । बेंग्लुरु १२ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ भने चेन्नई १४ अंकका साथ चौथो स्थानमा छ ।

आजको खेलमा बेंग्लुरुले फराकिलो अन्तरले जीत निकाल्न सके अन्तिम चारमा रहेर प्लेअफ खेल्ने अवस्था बन्ने छ भने चेन्नईको जीतले नै प्लेअफमा रहने छ । अहिलेसम्म प्लेअफका लागि तीन टिमको टुंगो लागिसकेको छ । कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स तथा सनराइजर्स हैदरावाद शीर्ष तीन स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 May 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू