रास्वपाको घोषणा : अब छानबिन समिति बन्दैन

रास्वपाको घोषणा : अब छानबिन समिति बन्दैन : Icon Khabar

काठमाडौँ, जेठ ३ । राष्ट्रिय स्वतन्त्र पार्टीले अब संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबी गरे ।

उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबी गरे । उनले कांग्रेसका नेताहरुपिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफूहरु संसदीय छानबिन गर्न तयार नहुने बताए । बिहीबारको संसद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अब कुनै हालतमा संसदीय छानबिन समिति नबन्ने बताए ।

उनले भने, ‘अब छानबिन समिति बन्दैन । कुनै हालतमा बन्दैन ।’ उनले नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवासहित उनकी पत्नी आरजु राणा र छोरा जयवीर देउवाको फाइल खोल्न तयार भएमा मात्रै रास्वपा आफ्ना सभापति रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्न तयार हुने बताए । उनले भने, ‘के कांग्रेस तयार छ देउवा आरजु र जयवीरको फाइल खोल्न ? अब कांग्रेस आफ्ना सबै पदाधिकारीको फाइल खोल्न तयार भएमा मात्रै हामी पनि आफ्ना सभापतिविरुद्ध संसदीय समिति बनाउन तयार हुनेछौँ ।’

Published Date: 16 May 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु