रास्वपाको घोषणा : अब छानबिन समिति बन्दैन

रास्वपाको घोषणा : अब छानबिन समिति बन्दैन : Icon Khabar

काठमाडौँ, जेठ ३ । राष्ट्रिय स्वतन्त्र पार्टीले अब संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबी गरे ।

उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबी गरे । उनले कांग्रेसका नेताहरुपिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफूहरु संसदीय छानबिन गर्न तयार नहुने बताए । बिहीबारको संसद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अब कुनै हालतमा संसदीय छानबिन समिति नबन्ने बताए ।

उनले भने, ‘अब छानबिन समिति बन्दैन । कुनै हालतमा बन्दैन ।’ उनले नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवासहित उनकी पत्नी आरजु राणा र छोरा जयवीर देउवाको फाइल खोल्न तयार भएमा मात्रै रास्वपा आफ्ना सभापति रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्न तयार हुने बताए । उनले भने, ‘के कांग्रेस तयार छ देउवा आरजु र जयवीरको फाइल खोल्न ? अब कांग्रेस आफ्ना सबै पदाधिकारीको फाइल खोल्न तयार भएमा मात्रै हामी पनि आफ्ना सभापतिविरुद्ध संसदीय समिति बनाउन तयार हुनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न