भक्तपुर नपाका प्रमुख प्रजापति र जापानको ओइजुमी नगरका प्रमुख तोसिआकीबीच भेट

भक्तपुर नपाका प्रमुख प्रजापति र जापानको ओइजुमी नगरका प्रमुख तोसिआकीबीच भेट : Icon Khabar

भक्तपुर , जेठ ३ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जापानको गुन्मा प्रान्तस्थित ओइजुमी नगरका नगर प्रमुख मुरायामा तोसिआकीले बिहीबार भक्तपुर नपाको बैठककक्षमा भेटवार्ता गरेका छन् ।

नगर प्रमुख तोसिआकीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलटोलीलाई भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको सांस्कृतिक र ऐतिहासिक परिचयबारे अवगत गराए ।

भक्तपुरलाई सांस्कृतिक र शैक्षिक केन्द्रको रुपमा विकास गर्ने उद्देश्यअनुसार काम गर्दै आएको बताउँदै उनले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको केनद्र बन्दै गएको बताए ।

उनले नेपाल र जापान दुवै भूकम्पको जोखिममा परेको मुलुक हुँदा भूकम्पबाट जोगिन नेपालले जापानबाट धेरै कुरा सिक्नुपर्ने सो अवसरमा उल्लेख गरे । भूकम्पमा नेपाललाई सहयोग गरेकोप्रति धन्यवादज्ञापन गरे ।

फोहरमैला व्यवस्थापनमा जापानले निकै प्रगति गरेको हुँदा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको लागि नेपाल सरकार र जापान सरकारबीच छलफल गर्न पाए देशकै लागि राम्रो हुने पनि उनले बताए ।

भेटमा ओइजुमी नगरका प्रमुख तोसिआकीले दुई नगरबीच सहयोग संयन्त्र बनाएर अनुभव आदानप्रदान गर्न सकिने बताउँदै जापानको ओइजुमी नगर औद्योगिक नगर भएको जानकारी दिँदै विश्व प्रसिद्ध गाडी निर्मार्ता कम्पनीहरु त्यस नगरमा रहेको बताए।

उनले २०७२ सालको भूकम्पको बेला आफ्नो नगरको साथै आफूले पनि नेपाललाई सहयोग गरेको बताए । ओइजुमी सहर अत्यन्त सुरक्षित रहेको र त्यहाँ ५२।५३ वटा देशका नागरिकहरु बसोबास गर्छन् भने । उनले आफ्ना पार्टीका नेताहरु विभिन्न आर्थिक अनियमितताको मुद्दाहरु झेलिरहेका पनि सो अवसरमा जानकारी दिए । आफ्नो सहर सबभन्दा पहिले भेदभाव अन्त्य भएको सहर हो भने ।

भेटपश्चात प्रतिनिधिमण्डल टोलीले भक्तपुरका ऐतिहासिक एवम् सांस्कृतिक महत्वका प्राचिक सम्पदाहरुको स्थलगत अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2024
Website | + posts