रुसी राष्ट्रपति पुटिन २ दिने राजकीय भ्रमणका लागि पुगे चीन

रुसी राष्ट्रपति पुटिन २ दिने राजकीय भ्रमणका लागि पुगे चीन : Icon Khabar

बेइजिङ, जेठ ३ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो २ दिने राजकीय भ्रमणका लागि चीन आइपुगेको सीएनएनले जनाएको छ । मस्को र बेइजिङबीचको सम्बन्ध प्रगाढ बनाउन उनी बिहीबार बिहान चीन आएका हुन् ।

राष्ट्रपतिको रुपमा नयाँ कार्यकाल प्रारम्भ गरेपछि पुटिनको यो पहिलो प्रतीकात्मक विदेश भ्रमण हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको उत्तर–पूर्वी खर्सिभ क्षेत्रमा रुसको आक्रमणका विरुद्ध आफ्नो सेनाले प्रतिरक्षा गरिरहेको बेला आगामी सबै अन्तर्राष्ट्रिय भ्रमणहरु रोक्ने घोषणाको केही घण्टापछि रुसी राष्ट्रपति पुटिन चीनको राजधानी बेइजिङ आएका हुन् ।

सीएनएनका अनुसार चीनियाँ राष्ट्रपति सी जीङपिङ र रुसी राष्ट्रपति पुटिनको बैठकमा रुस–युक्रेन द्वन्द्व, गाजा युद्धको छलफलसँगै २ देशबीचको व्यापार, सुरक्षा र ऊर्जा सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । भ्रमण अगावै राष्ट्रपति पुटिनले चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तर्वार्तामा २ देशबीचको रणनीतिक साझेदारीको प्रशंसा गरेका थिए ।

उनले २ देशबीच विदेश नीति समन्वयलाई सुदृढ पार्ने, उद्योग र उच्च प्रविधि, बाह्य अन्तरिक्ष र आणविक ऊर्जा, कृत्रिम बुद्धिमता, नवीकरणीय ऊर्जा र अन्य क्षेत्रको प्रयोगको सहकार्यलाई मजबुत बनाउने लक्ष्य राखेको बताए ।

यसैक्रममा राष्ट्रपति पुटिनले चीनको युक्रेन संकट समाधान गर्ने दृष्टिकोणको पनि प्रशंसा गरेका थिए । दुवै नेताले रुस–युक्रेन द्वन्द्व सुरु भएदेखि नै आफ्नो देशको कूटनीतिक, व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउने पहल जारी राखेका छन् ।

भेटमा दुवै नेताले द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको रुसी क्रेमलिनले जनाएको छ । चिनियाँ समाचार एजेन्सीले वर्णन गरेअनुसार चीन र रुसले आफ्नो कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउादैछन् ।

बेइजिङमा राष्ट्रपति सीसँगको भेटबाहेक पुटिनले रुसको सुदूर पूर्वको सिमानामा रहेको चीनको उत्तर–पूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिनको पनि भ्रमण गर्ने योजना रहेको स्रोतले बताएको छ । –रासस

Published Date: 16 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास