नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा

नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा : Icon Khabar

भक्तपुर, जेठ ३ । नैचाल-मालीगाऊँ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा भएको छ।

भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा बुद्ध सम्वत् २५६८ को बुद्धजयन्तीको पावन अवसरमा बुद्ध जयन्ती समारोह समिती, मुनि बिहार भक्तपुरको आयोजना, साइकल कनेक्ट भक्तपुरको संयोजन तथा जुजु बाइक्सको प्राविधिक सहयोगमा यही जेठ ५ गते आयोजना हुने नैचाल-मालीगाऊँ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा भएको हो।

विगत ३ वर्ष देखि मुनि विहारले बुद्ध पुर्णिमाको साप्ताहिक कार्यक्रम अन्तर्गत साइकल यात्रालाई पनि समावेश गर्दै आएको छ। साइकल यात्रामा सहभागी हुन भक्तपुर लगायत काठमाडौं, पाटन, किर्तिपुरबाट पनि सहभागीहरूले नाम दर्ता गराउनु भएको छ। यस कार्यक्रमको लागि १०९ जनाले नाम दर्ता गराउनु भएको कार्यक्रम संयोजक सुमित बालाले जानकारी दिए।

बिहान ७ बजेबाट सुरू हुने साइकल यात्रा भक्तपुर ईनाचो अवस्थित मुनि विहारबाट शुरू भइ सुकुलध्वाका, तःमारी, राम मन्दिर, सुर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, पाटी भन्ज्याङ, बोक्चे घाङ्ग (बुकाचो गढी), नैचाल गोम्बा डाँडा, काक्राबारी, मालीगाँउ बुद्ध पार्क पुगेर सिपाडोल डोलेश्वर हुदैँ पुनः मुनि विहारमा पुगेर समापन हुनेछ।

साइकल यात्रीहरूलाई नैचालमा गोम्बा डाँडा संरक्षण समितिबाट तथा मालिगाँउमा स्थानिय अगुवाहरूबाट स्वागत तथा सम्मान कार्यक्रम हुनेछ। साथै भैषर्य वास पस: इनाचोले स्वास्थ्य सेवा प्रदान गर्ने आयोजकले आइकन खबरलाई जानकारी दिएको छ।

Published Date: 16 May 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड