नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा

नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा : Icon Khabar

भक्तपुर, जेठ ३ । नैचाल-मालीगाऊँ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा भएको छ।

भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा बुद्ध सम्वत् २५६८ को बुद्धजयन्तीको पावन अवसरमा बुद्ध जयन्ती समारोह समिती, मुनि बिहार भक्तपुरको आयोजना, साइकल कनेक्ट भक्तपुरको संयोजन तथा जुजु बाइक्सको प्राविधिक सहयोगमा यही जेठ ५ गते आयोजना हुने नैचाल-मालीगाऊँ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा भएको हो।

विगत ३ वर्ष देखि मुनि विहारले बुद्ध पुर्णिमाको साप्ताहिक कार्यक्रम अन्तर्गत साइकल यात्रालाई पनि समावेश गर्दै आएको छ। साइकल यात्रामा सहभागी हुन भक्तपुर लगायत काठमाडौं, पाटन, किर्तिपुरबाट पनि सहभागीहरूले नाम दर्ता गराउनु भएको छ। यस कार्यक्रमको लागि १०९ जनाले नाम दर्ता गराउनु भएको कार्यक्रम संयोजक सुमित बालाले जानकारी दिए।

बिहान ७ बजेबाट सुरू हुने साइकल यात्रा भक्तपुर ईनाचो अवस्थित मुनि विहारबाट शुरू भइ सुकुलध्वाका, तःमारी, राम मन्दिर, सुर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, पाटी भन्ज्याङ, बोक्चे घाङ्ग (बुकाचो गढी), नैचाल गोम्बा डाँडा, काक्राबारी, मालीगाँउ बुद्ध पार्क पुगेर सिपाडोल डोलेश्वर हुदैँ पुनः मुनि विहारमा पुगेर समापन हुनेछ।

साइकल यात्रीहरूलाई नैचालमा गोम्बा डाँडा संरक्षण समितिबाट तथा मालिगाँउमा स्थानिय अगुवाहरूबाट स्वागत तथा सम्मान कार्यक्रम हुनेछ। साथै भैषर्य वास पस: इनाचोले स्वास्थ्य सेवा प्रदान गर्ने आयोजकले आइकन खबरलाई जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2024




ताजा
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान