आइकन मिडिया हाउसको आयोजनामा १० दिने रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम हुँदै

आइकन मिडिया हाउसको आयोजनामा १० दिने रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम हुँदै : Icon Khabar

काठमाडौँ, जेठ २ । आइकन मिडिया हाउस प्रा लि, भक्तपुरको आयोजनामा १० दिने रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम हुने भएको छ।

रेडियोमा बोल्न इच्छुक र सबैको अगाडी निर्धक्क बोल्न सक्ने कला सिक्न चाहने व्यक्तिहरुका लागि लक्षित गर्दै उक्त कम्पनीले सो तालिम आयोजना गर्न लागेको हो।

तालिमका प्रमुख प्रशिक्षकका रूपमा लोकप्रिय रेडियोकर्मी किरण सुवाल रहनेछन् । यसका साथै राष्ट्रिय स्तरका लोकप्रिय संचारकर्मीहरुको पनि अनुभव आदान प्रदान हुने जनाएको छ।

सो १० दिने तालिममा रेडियो कार्यक्रमहरु (जानकारीमूलक, समाचारमूलक, रेडियो अन्तर्वार्ता, मनोरन्जनात्मक कार्यक्रम, फोन इन कार्यक्रम लगायतको प्रस्तुति र उत्पादनलाई मुख्यत: प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ। साथै भाषण कला, व्यक्तित्व विकासलाइ पनि विशेष जोड दिइनेछ।

योसँगै उक्त तालिममा आफ्नो आवाज पहिचान गर्दै त्यसलाई निखार्ने भोइस थेरापी पनि सिकाइने कम्पनीले बताएको छ। सो तालिमका लागि नाम दर्ता गर्ने अन्तिम मिति यहि जेठ १५ गते रहेको छ। नाम दर्ता गर्न ९८४९१७६०३९ मा सम्पर्क गर्न सकिनेछ।

Published Date: 16 May 2024


ताजा
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सिद्धार्थ बैंकद्वारा विपद् प्रभावितको राहत, उद्धारका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास