आइकन मिडिया हाउसको आयोजनामा १० दिने रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम हुँदै

आइकन मिडिया हाउसको आयोजनामा १० दिने रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम हुँदै : Icon Khabar

काठमाडौँ, जेठ २ । आइकन मिडिया हाउस प्रा लि, भक्तपुरको आयोजनामा १० दिने रेडियो प्रस्तोता तथा पब्लिक स्पिकिङ्ग तालिम हुने भएको छ।

रेडियोमा बोल्न इच्छुक र सबैको अगाडी निर्धक्क बोल्न सक्ने कला सिक्न चाहने व्यक्तिहरुका लागि लक्षित गर्दै उक्त कम्पनीले सो तालिम आयोजना गर्न लागेको हो।

तालिमका प्रमुख प्रशिक्षकका रूपमा लोकप्रिय रेडियोकर्मी किरण सुवाल रहनेछन् । यसका साथै राष्ट्रिय स्तरका लोकप्रिय संचारकर्मीहरुको पनि अनुभव आदान प्रदान हुने जनाएको छ।

सो १० दिने तालिममा रेडियो कार्यक्रमहरु (जानकारीमूलक, समाचारमूलक, रेडियो अन्तर्वार्ता, मनोरन्जनात्मक कार्यक्रम, फोन इन कार्यक्रम लगायतको प्रस्तुति र उत्पादनलाई मुख्यत: प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ। साथै भाषण कला, व्यक्तित्व विकासलाइ पनि विशेष जोड दिइनेछ।

योसँगै उक्त तालिममा आफ्नो आवाज पहिचान गर्दै त्यसलाई निखार्ने भोइस थेरापी पनि सिकाइने कम्पनीले बताएको छ। सो तालिमका लागि नाम दर्ता गर्ने अन्तिम मिति यहि जेठ १५ गते रहेको छ। नाम दर्ता गर्न ९८४९१७६०३९ मा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू