राजस्थानको लगातार चौथो हार, साम करनको विष्फोटक इनिङमा पञ्जाबको शानदार जीत

राजस्थानको लगातार चौथो हार, साम करनको विष्फोटक इनिङमा पञ्जाबको शानदार जीत : Icon Khabar

काठमाडौं, जेठ ३ । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६३ रनको अविजित इनिङ खेले ।

यस्तै राईलि रुसो र जितेश शर्माले समान २२-२२ रन बनाए । आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २-२ विकेट लिँदा एक विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो ।

त्यसअघि गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो । राजस्थानका रियान परागले ३४ बलमा बनाएको ४८ रन नै सर्वाधिक रह्यो । रविचन्द्रण आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु स्यामसन र टम कोहलर-क्याडमोरले समान १८ रन बनाए ।

पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २-२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १-१ विकेट लिए ।

जित पश्चात यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ । प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने