जापानले नष्ट गर्यो कोभिड–१९ विरुद्धको मौखिक औषधी

जापानले नष्ट गर्यो कोभिड–१९ विरुद्धको मौखिक औषधी : Icon Khabar

टोकियो, वैशाख ३१ । जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधीको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापान सरकारले महामारीको समयमा ५६ लाख मानिसका लागि मौखिक औषधीहरू सुरक्षित गरेको थियो । त्यसमध्ये ४३ लाख मानिसका लागि औषधीहरू प्रयोगविहीन रहेको क्योदो न्यूजले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानले २० लाखका लागि शिओनोगी एन्ड कम्पनीले उत्पादन गरेको एक्सोभा ट्याब्लेट, १६ लाखका लागि मर्क एन्ड कम्पनीले बनाएको लागेभ्रियो क्याप्सुल र २० लाखका लागि फाइजर इन्कले उत्पादन गरेको प्याक्सलोभिड चक्की सुरक्षित गरेको राखेको छ ।

औषधीका लागि भुक्तानी गरिएको रकम प्रतिवेदनमा खुलाइएको छैन । तीन खर्ब येन (करिब एक अर्ब ९३ करोड अमेरिकी डलर) मूल्यको अनुमानित बाँकी औषधि म्याद सकिएपछि नष्ट गरिने छ ।

जापानले पहिले नै प्रयोग नगरिएका कोभिड–१९ खोपको २४ करोड डोज डिस्पोज गरिसकेको छ । यसको मूल्य छ खर्ब ६५ अर्ब ३० करोड येन (लगभग चार अर्ब २७ करोड डलर) रहेको क्योदोले जनाएको छ । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 May 2024
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )