अष्ट्रेलियाले फेरी बढायो विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम

अष्ट्रेलियाले फेरी बढायो विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम : Icon Khabar

काठमाडौँ, वैशाख २६ । अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ।

आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्‍याएको हो। अष्ट्रेलियाले यसअघि गत वर्षको अक्टोबरमा विद्यार्थीले बचत गर्नुपर्ने रकम बढाएको थियो।

विद्यार्थीहरूको चर्को आप्रवासनलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियन सरकारले ७ महिनामै नयाँ नीति लिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। अक्टोबरमा विदेशी विद्यार्थीहरूले भिसा प्राप्त गर्नका लागि बचत रकम बढाएर २४ हजार ५०५ अष्ट्रेलियन पुर्‍याएको थियो।

त्यसअघि विद्यार्थीले २१ हजार ४१ अष्ट्रेलियन डलर जम्मा गर्नुपर्थ्यो। अष्ट्रेलियाले कलेजहरूलाई पनि नक्कली विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ।

विभिन्न बहानामा अष्ट्रेलिया प्रवेश गरी सेटिङ मिलाएर विद्यार्थी भिसामा रूपान्तरण गर्ने प्रवृत्ति बढेपछि कलेजहरूले त्यस्तो गरिएको पुष्टि भए कारबाही गर्ने चेतावनी दिइएको छ।

अष्ट्रेलियाका गृहमन्त्री क्लेर ओनीलले त्यस्ता ३४ कलेजहरूलाई पत्र पठाएर चेतावनी दिएको रोयटर्सले उल्लेख गरेको छ।

त्यस्तो गरिएको भेटिए र पुष्टि भए कलेज सञ्चालकहरूलाई २ वर्षसम्म जेल हाल्ने र प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ।

गत वर्षको सेप्टेम्बरसम्म मात्रै अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमनको दर ६० प्रतिशत बढेको थियो।

सो वर्ष सेप्टेम्बरसम्म मात्रै ५ लाख ४८ हजार ८ सय विद्यार्थी विभिन्न देशबाट अष्ट्रेलिया पुगेको रोयटर्सले लेखेको छ। त्यो भनेको एकै वर्षमा आएको विद्यार्थीको सबैभन्दा ठूलो संख्या हो।

सरकारले आफ्नो नीतिले आगामी दुई वर्षमा अष्ट्रेलियामा आप्रवासीको संख्या आधा घटाउने अपेक्षा गरेको गृहमन्त्री ओनीलले बताइन्।

‘हामी माइग्रेसनको स्तरलाई उल्लेखनीय रूपमा घटाउँदैछौं,’ उनले भनेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने