औषधीय गुणले भरिपूर्ण करेला

औषधीय गुणले भरिपूर्ण करेला : Icon Khabar

काठमाडौं, वैशाख २६ । करेला तितो हुन्छ। तर औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ।

करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस्। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ।

करेलाबाट प्रचुर मात्रामा भिटामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ। यसका साथै क्याराटिन, बिटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिज जस्ता फ्लावोन्वाइड पनि पाइन्छ। जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ।

करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ। करेला सेवनबाट हुने विभिन्न फाइदालाई यहाँ प्रस्तुत गरिएको छः

करेलाको रसले पत्थरीको समस्या हटाउँछ
करेलाको रस सेवनले पत्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ। ताजा करेलाको रस सेवन गर्नाले पत्थरी बाहिर निस्कने गर्छ।

ग्याँसको उपचार
करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अपच जस्ता समस्याको समाधान पनि हो।

कलेजो बलियो बनाउँछ
करेलाको जुसले कलेजोलाई बलियो बनाउँछ। यति मात्र नभई कलेजोको सबै किसिमको समस्याबाट छुटकारा दिन पनि करेलाको भूमिका महत्वपूर्ण मानिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
करेलामा पाइने खनिज र भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने जोखिम कम भएर जान्छ।

मधुमेहका बिरामीका लागि फाइदाजनक
रगतलाई सफा गर्नका लागि करेला अमृत समान मानिन्छ। मधुमेहका बिरामीका लागि करेलाले फाइदा दिन्छ। एक चौथाई कप करेलाको रस, यही मात्रामा गाजरको रस मिसाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजक हुन्छ।

Published Date: 08 May 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु