सम्पदाको महत्वबारे विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्रशिक्षित गर्नुपर्छ: अध्यक्ष बिजुक्छेँ

सम्पदाको महत्वबारे विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्रशिक्षित गर्नुपर्छ: अध्यक्ष बिजुक्छेँ : Icon Khabar

भक्तपुर, वैशाख २५ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले सम्पदाको महत्वबारे विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्रशिक्षित गर्नुपर्ने बताए।

भक्तपुरमा आज आयोजित एक कार्यक्रमका बीच उनले मानव सभ्यताको सम्पत्तिको रुपमा रहेको भक्तपुरको सांस्कृतिक सम्पदाहरु जोगाउने अभियानलाई निरन्तरता दिँदै जानुपर्ने बताउँदै ‘हाम्रो सम्पदा जोगाउने दायित्व हामी सबैको साझा कर्तव्य हो’ भनेका थिए।

नेपालको कला, संस्कृति, पुरातत्व, इतिहासबारे अध्ययन अनुसन्धानमा प्रज्ञाप्रतिष्ठान, विश्वविद्यालय र पुरातत्व विभागहरुबीच आपसी समन्वय आवश्यक भएको बताउँदै उनले यस किसिमका महत्वपूर्ण विषयका कार्यशालाहरु आयोजना गरी समाजका समस्याबारे छलफल गर्नु उपयुक्त हुने बताउनुभयो ।

कला, संस्कृति आदि विषयमा पनि भौतिकवादी दृष्टिकोणले अध्ययन गर्नुपर्नेमा जोड दिँदै उनले देश निर्माण मा विदेशीसँग माग्ने प्रवृत्तिले देशलाई झन् कमजोर र परनिर्भर बनाउँदै लगेको प्रष्ट पारे।

इतिहास, संस्कृतिका विद्यार्थीहरुले नेपाल र विभिन्न देशको इतिहास अध्ययनलाई पनि निरन्तरता दिनुपर्ने बताउँदै विद्यार्थीहरुलाई राजनीति गर्न प्रेरित गर्नुपर्छ भने।

इतिहास अध्ययन र उत्खनन्मा भाषाको महत्वबारे प्रष्ट पार्दै उनले पुरातत्वको काम वैज्ञानिक काम हो, अन्धविश्वासलाई चिर्दै भौतिकवादी व्याख्या आवश्यक भएको बताए। ।

Published Date: 07 May 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी