सरकारी कार्यालयमा बिदा लिएर निजीमा काम गर्ने चिकित्सकलाई कारबाही हुने

सरकारी कार्यालयमा बिदा लिएर निजीमा काम गर्ने चिकित्सकलाई कारबाही हुने : Icon Khabar

काठमाडौं, वैशाख २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले सोमबार एक निर्देशक जारी गर्दै अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्नेमाथि कारबाही गर्ने जानकारी दिएका छन्।

मन्त्रालयले कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए तापनि जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने भन्दै बिदाको उद्देश्यविपरित निजीमा काम गर्नेमाथि कारबाहीको चेतावनी दिएको हो।

 

Published Date: 07 May 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु