सरकारी कार्यालयमा बिदा लिएर निजीमा काम गर्ने चिकित्सकलाई कारबाही हुने

सरकारी कार्यालयमा बिदा लिएर निजीमा काम गर्ने चिकित्सकलाई कारबाही हुने : Icon Khabar

काठमाडौं, वैशाख २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले सोमबार एक निर्देशक जारी गर्दै अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्नेमाथि कारबाही गर्ने जानकारी दिएका छन्।

मन्त्रालयले कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए तापनि जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने भन्दै बिदाको उद्देश्यविपरित निजीमा काम गर्नेमाथि कारबाहीको चेतावनी दिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2024
Website | + posts