बजारको स्वच्छतामा आँच आएको भन्दै नेप्सेले रोक्यो सिटिजन्स लाइफको कारोबार

बजारको स्वच्छतामा आँच आएको भन्दै नेप्सेले रोक्यो सिटिजन्स लाइफको कारोबार : Icon Khabar

काठमाडौँ, वैशाख २५ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। उसले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोकेको जनाएको छ।

सोमबार कम्पनीले लाभांश घोषणा गरेको थियो। सो लाभांश बिमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो। सो निर्देशन बमोजिम कम्पनीले मंगलबार घोषित लाभांश रद्द गरेको सूचना नेप्से मार्फत जारी गरेको छ।

यता नेप्सेले सोमबार नै धितोपत्र बोर्डलाई पत्र लेखेको छ। उसले बजारको स्वच्छतामा आँच आएकोले उसको कारोबार रोक्नु पर्ने आवश्यकता देखिएको र त्यस बिषयमा के गर्ने भनेर उसले बोर्डको सुझाव मागेको छ।

यता लगानीकर्ताले भने सोमबारको कारोबार रद्द गर्नु पर्ने माग राखेका छन्। कारोबार रद्द गर्ने / नगर्ने बिषयमा भने नेप्सेले कुनै निर्णय गरेको छैन। धितोपत्र बोर्डको सल्लाह अनुसार कारोबार रद्द गर्ने नगर्ने बिषयमा निर्णय लिने नेप्सेले जनाएको छ।

Published Date: 07 May 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय