बजारको स्वच्छतामा आँच आएको भन्दै नेप्सेले रोक्यो सिटिजन्स लाइफको कारोबार

बजारको स्वच्छतामा आँच आएको भन्दै नेप्सेले रोक्यो सिटिजन्स लाइफको कारोबार : Icon Khabar

काठमाडौँ, वैशाख २५ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। उसले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोकेको जनाएको छ।

सोमबार कम्पनीले लाभांश घोषणा गरेको थियो। सो लाभांश बिमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो। सो निर्देशन बमोजिम कम्पनीले मंगलबार घोषित लाभांश रद्द गरेको सूचना नेप्से मार्फत जारी गरेको छ।

यता नेप्सेले सोमबार नै धितोपत्र बोर्डलाई पत्र लेखेको छ। उसले बजारको स्वच्छतामा आँच आएकोले उसको कारोबार रोक्नु पर्ने आवश्यकता देखिएको र त्यस बिषयमा के गर्ने भनेर उसले बोर्डको सुझाव मागेको छ।

यता लगानीकर्ताले भने सोमबारको कारोबार रद्द गर्नु पर्ने माग राखेका छन्। कारोबार रद्द गर्ने / नगर्ने बिषयमा भने नेप्सेले कुनै निर्णय गरेको छैन। धितोपत्र बोर्डको सल्लाह अनुसार कारोबार रद्द गर्ने नगर्ने बिषयमा निर्णय लिने नेप्सेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2024
Website | + posts




ताजा
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित