जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा : Icon Khabar

काठमाडौं, वैशाख २५ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उनको नेतृत्वको जसपा आइतबार फुटेको थियो ।

भ्रमण टुङ्ग्याएर गए राति मात्र स्वदेश आइपुगेका यादवले प्रधानमन्त्रीसँग नयाँ परिस्थितिको विषयमा छलफल गर्ने बताइएको छ ।

Published Date: 07 May 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु