मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती

मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती : Icon Khabar

काठमाडौँ, वैशाख २४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) प्रस्तुत गरेको छ ।

पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डिपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो ।

करिब १ वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रकृयामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीहरुको प्रतिक्रिया थियो । उक्त कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रंगशाला निर्माणको कार्यलाई चासो व्यक्त गर्दै सदस्य–सचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने अगाडि बढ्न निर्देशन दिएका थिए । मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ ।

सदस्य–सचिव घिसिङले सो निर्देशनको तत्काल कार्यन्वयन गर्ने क्रममा पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई डिपीआर तयार गर्ने जिम्मेवारी दिएका थिए।

डिपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम १ साताभित्र सम्पन्न गर्न सदस्य–सचिव घिसिङले पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन्।

डिपीआर प्रस्तुतीका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 May 2024
Website | + posts




ताजा
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने