हिजो २ हजार रुपैयाँले बढेको सुनको भाउ आज ११ सय रुपैयाँले घट्यो

हिजो २ हजार रुपैयाँले बढेको सुनको भाउ आज ११ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २१ । हिजो प्रतितोला २ हजार रुपैयाँले बढेको सुनको भाउ आज पनि ११ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले रुपैयाँले घटेर १ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन १ लाख ३६ हजार ५०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १६ सय ४५ रुपैयाँ कायम रहेको छ । बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 May 2024
Website | + posts




ताजा
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ
स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण