प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुर्व्यहार, चौतर्फी विरोध

प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुर्व्यहार, चौतर्फी विरोध : Icon Khabar

काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुर्व्यहारको घटनाप्रति चौतर्फी विरोध भएको छ । पत्रकार सम्बद्ध संघ संस्थाले चौधरीमाथि भएको घटनाको विरोध गरेका हुन्।

सूचना तथा सञ्चार प्रविधि दिवशको अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरेको पत्रकार चौधरीले बताएका थिए । तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुव्र्यवहार,गरेको पत्रकार चौधरीले बताए । प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका चौधरीमाथि भएको दुव्र्यवहारप्रति प्रेस युनियन केन्द्रिय समितिले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

सरकारी सञ्चार माध्यमबाहेक निजी सञ्चार संस्थाका पत्रकारलाई तस्वीर लिन अवरोध गर्ने, पत्रकारलाई दुर्व्यवहार गर्ने र थुन्ने धम्की दिने कार्य निन्दनीय भएको युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । युनियनले उक्त घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ ।

त्यस्तै टेक जोर्नोज फोरमले पनि घटनाको विरोध जनाएको छ । श्रमजीवि पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गर्दै दुव्र्यवहारको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका छन् । ‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बीर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्वीर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको चौधरीको भनाइ छ ।

Published Date: 03 May 2024
Website | + posts




ताजा
लगातार दोस्रो वर्ष राष्ट्रपति रनिङ शिल्डमा मनोरम स्कुलको उत्कृष्ट प्रदर्शन
रसुवा भोटेकोशी बाढीमा बेपत्ता ३९१५ व्यक्तिलाई मृत्यु भएको घोषणा गर्न सरकार समक्ष सिफारिस
शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँले बढ्यो
जन्तीमा रक्सी, चुरोट र बियर बोतल बोकेर बजार घुम्नु शान होइन, भक्तपुरको सांस्कृतिक गरिमामाथि प्रश्न हो!


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?