नेपाल र तिब्बतबीच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा हस्ताक्षर

नेपाल र तिब्बतबीच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा हस्ताक्षर : Icon Khabar

काठमाडौं, वैशाख २० । नेपाल र चीनको तिब्बत प्रान्तबिच कृषि सहकारीसम्बन्धी विविध सहमतिपत्रमा भर्खरै हस्ताक्षर भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहमा उक्त सहमति भएको हो ।

१७ गते सोमवार बिहानदेखि सुरु भएको सत्रौं नेपाल–तिब्बत आर्थिक तथा व्यापार मेलाको प्रारम्भमा तिब्बतका चौंरी, याक, घोडा र च्याङ्ग्रालाई लामो हिउँदयाममा खुवाउन नेपालबाट विशेष पोषिलो घाँस हेइलेज उत्पादन र खरिद गर्नेलगायत विषयमा सहमति गरिएको छ ।

चितवन र नुवाकोटमा उत्पादित हेइलेज नेपाल क्राउन एग्रिकल्चरल इन्टरप्राइजेजमार्फत तिब्बतको प्लेटो ब्लु कम्पनीले खरिद गर्ने सम्झौता भएको छ । त्यसैगरी उताको प्लेटो ब्लु कम्पनीबाट नेपालको न्यु होप नेपाल कम्पनीले पशु आहार (दाना) खरिद गर्ने र न्यु होप नेपाल कम्पनीले नेपाल ग्रास कम्पनीलाई जैविक मल उपलब्ध गराउनेसम्बन्धी सम्झौता समारोहमा भएको छ ।

दुई मुलुकका कृषि कम्पनीबिच यताबाट जुनार र सुन्तलासमेत लैजानेगरी भएको सहमतिले नेपालको कृषि उत्पादन, अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ । उक्त कार्यमा नेपालका विभिन्न निकाय तथा तिब्बतको वाणिज्य विभागले सहजीकरण गरेको चिनियाँ व्यवसायी चाङ चिन्स्याङ्गले बताए। उनका अनुसार यसका निम्ति तिब्बत प्लेटो एग्रिकल्चर कम्पनीले तिब्बतको कृषि तथा ग्रामीण मामिला विभागबाट सन् २०२३ डिसेम्बरमा व्यावसायिक निर्देशन प्राप्त गरिसकेको छ ।

तिब्बतमा याक तथा पशु उद्योग प्रवर्धनका लागि विशेषगरी हिउँदमा हरियो र पौष्टिक घाँस खुवाउने योजनाअनुसार नेपालबाट हेइलेज खरिद गर्न लागिएको हो । दुई मुलुकका कृषि कम्पनीबिच यताबाट जुनार र सुन्तलासमेत लैजानेगरी भएका सहमतिले नेपालको कृषि उत्पादन, अनुसन्धान र हेइलेज निर्यातमा ठूलो योगदान पुग्ने बताइएको छ ।

समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, नेपालमा रहेका चिनियाँ व्यवसायीहरु, बैंकर तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रममा नेपालको हरियो घाँस हेइलिजको उत्पादनदेखि तिब्बतसम्मको निर्यातबारे छोटो भिडियो प्रदर्शन गरिएको थियो ।

Published Date: 02 May 2024
ताजा
महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ
सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय राकेह्को छैन: सञ्चारमन्त्री तिमिल्सिना
आइतबार सुनको मूल्यमा सामान्य गिरावट
मोरक्कोको ऐतिहासिक फड्को : क्यानडालाई ३–० ले हराउँदै दोस्रो पटक विश्वकप क्वाटरफाइनलमा


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी