जापानमा खाली घरहरुको संख्या ९० लाख पुग्यो

जापानमा खाली घरहरुको संख्या ९० लाख पुग्यो : Icon Khabar

टोकियो, वैशाख २० । जापानमा खाली घरहरुको संख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो संख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ ।

उक्त संख्या जापानमा कुल घर संख्याको १३.८ प्रतिशत हुन आउछ । जापानमा औषतमा सात घरमध्ये एक घर रिक्त रहेको मंगलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ ।

स्रोतले घरहरु खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरुको स्वामित्वमा रहेका घरहरु उनीहरुको मृत्युपछि वा उनीहरु वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरहरु मध्ये, ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन् । त्यसैगरी तीन लाख ८० हजार खाली घरहरु छुट्टीका समय प्रयोग गरिने गर्छ । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् । जापानमा सन् १९८४ देखि प्रत्येक पाँच–पाँच वर्षमा आवास र भूमि सर्वेक्षण गरिन्छ ।

सन् १९७३ मा खाली घरहरुको संख्या एक लाख ७२ हजार थियो, जुन कुल घरहरूको ५.५ प्रतिशत हो । मन्त्रालयको तथ्यांकअनुसार सन् १९९३ मा यो संख्या बढेर चार लाख ४८ हजार पुगेको थियो । ३० वर्षको अवधिमा यो संख्या बढेर दोब्बर भएको छ ।

Published Date: 02 May 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै