लामिछानेले पाए पुन: नेपाली नागरिकता

लामिछानेले पाए पुन: नेपाली नागरिकता : Icon Khabar

काठमाडौँ, माघ १५ । रवि लामिछानेले पुन: नेपाली नागरिकता प्राप्त गरेका छन्। आज काठमाडौँ बबरमहलमा अवस्थित जिल्ला प्रशासन कार्यालयमा गई उनले नागरिकता प्राप्त गरेका हुन्। नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिने सक्ने भन्दै फैसला भएपछि उहाँले पुनः नागरिकता लिएका हुन्।

लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनले भनिन्,”उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।”

अमेरिकी नागरिकता त्यागेपछि उनले नेपाली नागरिकता पाउनका लागि प्रक्रिया पुर्याएर आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2023
Website | + posts