लामिछानेले पाए पुन: नेपाली नागरिकता

लामिछानेले पाए पुन: नेपाली नागरिकता : Icon Khabar

काठमाडौँ, माघ १५ । रवि लामिछानेले पुन: नेपाली नागरिकता प्राप्त गरेका छन्। आज काठमाडौँ बबरमहलमा अवस्थित जिल्ला प्रशासन कार्यालयमा गई उनले नागरिकता प्राप्त गरेका हुन्। नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेले पुनः नागरिकता लिने सक्ने भन्दै फैसला भएपछि उहाँले पुनः नागरिकता लिएका हुन्।

लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनले भनिन्,”उहाँको नयाँ नागरिकता जारी भएको हो, नागरिकता नम्बर भने पुरानै कायम छ ।”

अमेरिकी नागरिकता त्यागेपछि उनले नेपाली नागरिकता पाउनका लागि प्रक्रिया पुर्याएर आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका थिए।

Published Date: 29 January 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु