आइतबार नेप्से १४ दशमलव ६८ अंकले घट्यो

आइतबार नेप्से १४ दशमलव ६८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ १५ । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १४ दशमलव ६८ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १६८ दशमलव ५३ विन्दुमा कायम भएको छ । यस दिन कारोबारमा आएका २६७ धितोपत्रको ८२ लाख ७६ हजार ७५१ कित्ता ५१ हजार ९७३ पटकमा रू. ३ अर्ब १ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

आइतवार कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन सबैभन्दा बढी समृद्धि फाइनान्सका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव शून्य ९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२४ मा झरेको छ । त्यस्तै दोस्रोमा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव शून्य ८ प्रतिशत घटेर रू. ९०१ दशमलव ६० कायम भएको छ ।

आइतवार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ९ करोड ९९ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१६ कायम भएको छ । त्यस्तै दोस्रोमा हिमालय उर्जा विकास कम्पनीको रू. ९ करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल पर्यटन समूहको शून्य दशमलव २० प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ३४ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक २ दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

Published Date: 29 January 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु