आइतबार नेप्से १४ दशमलव ६८ अंकले घट्यो

आइतबार नेप्से १४ दशमलव ६८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, माघ १५ । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १४ दशमलव ६८ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १६८ दशमलव ५३ विन्दुमा कायम भएको छ । यस दिन कारोबारमा आएका २६७ धितोपत्रको ८२ लाख ७६ हजार ७५१ कित्ता ५१ हजार ९७३ पटकमा रू. ३ अर्ब १ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

आइतवार कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन सबैभन्दा बढी समृद्धि फाइनान्सका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव शून्य ९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२४ मा झरेको छ । त्यस्तै दोस्रोमा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव शून्य ८ प्रतिशत घटेर रू. ९०१ दशमलव ६० कायम भएको छ ।

आइतवार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ९ करोड ९९ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५१६ कायम भएको छ । त्यस्तै दोस्रोमा हिमालय उर्जा विकास कम्पनीको रू. ९ करोड २१ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल पर्यटन समूहको शून्य दशमलव २० प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ३४ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक २ दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता