आगामी २०८० को शैक्षिक सत्र वैशाख १ गतेदेखि नै सुरु हुने

आगामी २०८० को शैक्षिक सत्र वैशाख १ गतेदेखि नै सुरु हुने : Icon Khabar

काठमाडौं, माघ १५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि वैशाख १ गतेदेखि नै हुने जानकारी दिए ।

२०८० सालदेखि शैक्षिक सत्र पुरानै तरिकाबाट वैशाख १ गतेदेखि सुरु गर्ने मन्त्रालयको निर्णय थियो । अहिले धेरै विद्यालयको चासो विद्यार्थी अभिभावकलाई पनि चासोको भएका कारण अहिले पुनर्ताजकी मात्र गराएका हौँ “, उनले भने ।

२०७७ सालमा कोरोना महामारीका कारण शैक्षिक सत्र लम्बिएर २०७८ को जेठसम्म चलेको थियो । २०७८ को शैक्षिक सत्र असारदेखि २०७९ को वैशाखसम्म चल्यो । २०७९ को जेठदेखि चलेको शैक्षिक सत्र भने चैतमै सकेर आगामी सालको वैशाख १ गतेदेखि पुरानै तरिकाले शैक्षिक सत्र सुरु गर्ने तयारीमा मन्त्रालय लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2023
Website | + posts