आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १९ । आज २०८१ वैशाख १९ गते बुधवार, तद्अनुसार १ मे २०२४ । आज वैशाख कृष्ण पक्ष अष्टमी तिथी, श्रवण नक्षत्र, शुभ योग, चन्द्रराशि मकर, सूर्योदयः ०५ः२५ बजे, सूर्यास्त साँझ १८ः३७ बजे ।

आजको राशिफल

मेष: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । प्रतिद्वन्दिहरु सक्रिय रहने छन् । लगानी शुभ रहने छ ।

वृष: लाभमा वृद्धि हुनेछ । रोकिएका कार्यमा गति आउने छ । सत्सङको लाभ पाइने छ ।

मिथुन: उपहार प्राप्ति हुनेछ । यात्रा लाभदायक रहने छ । प्रसन्नता रहने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

कर्कट: लगानी गर्न नहतारिनु होला । पारिवारिक जीवन सुख–शान्तिले बित्ने छ । रचनात्मक कार्य सफल रहने छ ।

सिंह: आम्दानी भैरहने छ । अरुको कार्यमा हस्तक्षेप नगर्नु होला । स्वास्थ्यमा ध्यान दिनु होला ।

कन्या: मान–सम्मान पाइने छ । लगानी शुभ रहने छ । भाग्यको साथ पाइने छ ।

तुला: प्रसन्नता रहने छ । बढी प्रयास गर्नु पर्नेछ । आम्दानीमा वृद्धि हुनेछ ।

वृश्चिक: लामो समयदेखि रोकिएको कार्य बन्ने छ । प्रसन्नता रहने छ । आम्दानी भैरहने छ ।

धनु: विवेकको प्रयोग गर्नु भयो भने लाभ हुनेछ । स्वास्थ्य कमजोर रहने छ । बनिसकेको काम बिग्रने सम्भावना छ ।

मकर: व्यापारमा वृद्धिको योग छ । डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा लाभदायक रहने छ ।

कुम्भ: ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ ।

मीन: अरुको अपेक्षा नगर्नु होला । व्यापार लाभदायक रहने छ । चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ, सावधान रहनु होला ।

Published Date: 01 May 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी