सवारी साधनबाट निस्कने आवाज पनि बन्यो हृदयघातको कारण

सवारी साधनबाट निस्कने आवाज पनि बन्यो हृदयघातको कारण : Icon Khabar

काठमाडौं, वैशाख १९ । केहि वर्षदेखि हृदयघातका विरामीको संख्या अत्यधिक रुपमा बढिरहेको छ । अहिले युवाहरुमा पनि हृदयघातको समस्या देखिनु चिन्ताको विषय बनेको छ ।

युवावस्थामा हृदयघात हुनुका विभिन्न कारणहरु छन् । यसबारेमा गरिएको अध्ययनमा हरेक पटक नयाँ–नयाँ कारण देखिरहेको हुन्छ ।

भर्खरै जर्नल सर्कुलेशन रिसर्चमा प्रकाशित एउटा अध्ययनमा ट्राफिक नोइज (सवारी साधनबाट निस्कने ध्वनी प्रदुषण) तथा हृदयघातबीच सम्बन्ध रहेको पाइएको छ ।

अन्तर्राष्ट्रिय सर्वेक्षणकर्ताको टीमले विभिन्न रोगका जोखिमको कारक तत्व पता लगाउनका लागि ठूलो संख्यामा तथ्यांकको विश्लेषण गरेको छ । जसमा यातायातबाट निस्कने आवाज तथा स्ट्रोक, मधुमेह जस्ता मुटु सम्बन्धि रोगको विकासबीच एउटा बलियो सम्बन्ध रहेको निष्कर्ष भेटिएको छ ।

तिव्र आवाजका साथ बढ्छ मुटु सम्बन्धि समस्याको खतरा

सडक यातायातको आवाजमा हरेक १० डेसिबलको वृद्धिसंग, मुटु रोगको खतरा ३.२ प्रतिशत बढ्छ भन्ने पनि विश्लेषणमा भेटिएको छ । ट्राफिकको ध्वनी प्रदुषणलाई कम गर्ने उपाय अपनाउनु पर्ने आवश्यक देखिएको छ ।

विशेषज्ञका अनुसार राति हुने यातायातको आवाजले निद्रा डिस्टर्ब पार्ने काम गर्छ । जसले निद्राको कमीबाट रक्त वाहिकामा तनाव हार्मोनको स्तर बढाउँछ, जसले सूजन र रक्त वाहिका सम्बन्धि रोगको खतरा बढ्छ ।

मुटु सम्बन्धि समस्याका लागि ट्राफिक नोइज

जर्मनीका मेनज विश्वविद्यालय, चिकित्सा केन्द्रका वरिष्ठ प्रोफेसर तथा यस अध्ययनका प्रमुख लेखक थोमस मुन्जेल भन्छन्– ‘यातायातबाट निस्कने आवाज अब प्रमाणको आधारमा नै मुटु रोगका लागि एउटा जोखिम कारकको रुपमा मान्यता दिइएको कुरा महत्वपूर्ण रहेको छ ।’

ध्वनी प्रदुषण कम गर्नका लागि उपाय आवश्यक

अध्ययनमा स्थानीय प्रशासनका लागि यातायातबाट निस्कने आवाजलाई कम गर्नका लागि विभिन्न व्यवहारिक उपाय पनि सुझाएको छ । व्यस्त सडकमा विशेष रुपले आवासीय क्षेत्रमा ध्वनि अवरोधक लगाउनाले आवाजको स्तर १० डेसिबलसम्म कम गर्न सकिन्छ ।

यसका अतिरिक्त सडक निर्माणमा कम आवाज उत्पन्न गर्ने किसिमको प्रविधिको प्रयोग गर्नाले आवाजको स्तर ३ देखि ६ डेसिबलसम्म कम हुन्छ ।

शोधकर्ताले व्यक्तिगत स्तरमा शहरी सडक यातायातबाट निस्कने आवाज काम गर्नका लागि साइकल तथा सार्वजनिक यातायातजस्ता वैकल्पिक यातायातका साधन अपनाउने सल्लाह दिइएको छ ।

Published Date: 01 May 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी