बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौं, वैशाख १९ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेकोमा सोमबार भने खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा झरेको । मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा पुगेको छ। मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसामा कारोबार भएको हो।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Published Date: 01 May 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय