इलाम–२ मा सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी

इलाम–२ मा सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी : Icon Khabar

इलाम, वैशाख १८ । इलाम–२ मा शनिवार सम्पन्न उप–निर्वाचनमा एमालेका युवा उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् । योसंगै नेकपा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।

मंगलवार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएर पराजित भए ।

२०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए भने अहिले नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।

‘निर्वाचनमा विजयी भएपछि मतदाताहरुलाई धन्यवाद दिँदै सुहाङले भनेका छन्– ‘यो जीतको सम्पूर्ण श्रेय मेरा इलामेली जनता र मेरो पार्टी नेकपा एमालेलाई दिन चाहन्छु । पार्टीले अवसर र जनताले भोट नदिएको भए यो जीत सम्भव थिएन ।’

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त भएको थियो ।

निर्वाचनको अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । प्रदेश–१ लाई कोशी प्रदेश नामाकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार पहिचानवादी नेता डकेन्द्र सिं थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाएर चौथो स्थानमा खुम्चिएका छन् ।

यो क्षेत्रमा कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा करिव ६९ हजार २ सय ८७ मत खसेको थियो ।

Published Date: 30 April 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु