तपाईले हेर्नुभयो त केकी अधिकारीको ‘बोक्सीको घर’ ?

तपाईले हेर्नुभयो त केकी अधिकारीको ‘बोक्सीको घर’ ? : Icon Khabar

काठमाडौँ, वैशाख १८ । देशभरको सिनेमा हलमा गत शुक्रबारदेखि चलिरहेको ‘बोक्सीको घर’ प्रदर्शन भैरहेको छ। समीक्षा अधिकारीको स्वरमा रहेको बुझिनँ मैले, बुझाइदेऊ कसैले…गीतले फिल्मको चर्चा बढाउन निकै मद्दत गर्‍यो।

बोक्सीको घरले चर्चा मात्र पाएको छैन, कमाइ पनि राम्रो गरिरहेको छ। वितरक कम्पनी टि–फोक फिल्म्सका अनुसार फिल्मले दुई दिनमा दुई करोड १५ लाख रूपैयाँ कमाएको छ।

यो फिल्म अभिनेत्री केकी अधिकारीको प्रोडक्सन हाउस ‘केकी अधिकारी फिल्म्स’ ले प्रस्तुत गरेको हो। सन् २०१६ मा मञ्चन गरिएको नाटक ‘बोक्सीको घर’ लाई नै फिल्मका रूपमा प्रस्तुत गरिएको हो। नाटक सुलक्षण भारतीले लेखेका र निर्देशन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 April 2024