रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

मकवानपुर, माघ १५ । नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणालि प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्ट लिद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए। सोहि गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो। कम्पनी सबैको स्वास्थ्य प्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ। उक्त कार्यक्रम खड़क तुम्सिङले संचालन गरेका थिए।

Published Date: 29 January 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर