चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनीको निधन

चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनीको निधन : Icon Khabar

काठमाडौं, वैशाख १७ । नेपाली चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाए ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुको एक छोरी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2024
Website | + posts