चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनीको निधन

चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनीको निधन : Icon Khabar

काठमाडौं, वैशाख १७ । नेपाली चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाए ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुको एक छोरी छिन् ।

Published Date: 29 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी