सोमबार झिनो अंकले बढ्यो नेप्से

सोमबार झिनो अंकले बढ्यो नेप्से : Icon Khabar

काठमाडौँ, वैशाख १७ । सोमबार नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दुमा पुगेको छ।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१७ स्टकको ४६ हजार ५११ पटकको कारोबारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेप्से झिनो अंकले सकारात्मक भएपनि वित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक आज सर्वाधिक ४.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक नकारात्मक रहेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको साढे १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने जानकी फाइनान्सको कारोबार रकम ९ करोड नाघेको छ।

Published Date: 29 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी