पूजा शर्माको फिल्म ‘दान्भी’ आगामी असार ७ गते रिलिज हुने

पूजा शर्माको फिल्म ‘दान्भी’ आगामी असार ७ गते रिलिज हुने : Icon Khabar

काठमाडौँ, वैशाख १७ । पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । अब, यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ ।

असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ फिल्मको प्रदर्शन मिति तोकिएको छैन । यसैले, ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ । वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् । यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । उनको साथमा फिल्ममा नव-नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह-निर्माताको रुपमा छन् ।

फिल्म ‘दान्भी’को टिजर गत बर्ष नै रिलिज गरिएको थियो । टिजरलाई सकारात्मक प्रतिक्रिया छ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्माको एक्सनले चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 April 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने