पूजा शर्माको फिल्म ‘दान्भी’ आगामी असार ७ गते रिलिज हुने

पूजा शर्माको फिल्म ‘दान्भी’ आगामी असार ७ गते रिलिज हुने : Icon Khabar

काठमाडौँ, वैशाख १७ । पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । अब, यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ ।

असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ फिल्मको प्रदर्शन मिति तोकिएको छैन । यसैले, ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ । वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् । यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । उनको साथमा फिल्ममा नव-नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।

देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह-निर्माताको रुपमा छन् ।

फिल्म ‘दान्भी’को टिजर गत बर्ष नै रिलिज गरिएको थियो । टिजरलाई सकारात्मक प्रतिक्रिया छ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्माको एक्सनले चर्चा छ ।

Published Date: 29 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी