कमलविनायक साकोसमा १५ दिने हस्तलेखन तालिम सुरू

कमलविनायक साकोसमा १५ दिने हस्तलेखन तालिम सुरू : Icon Khabar

भक्तपुर, वैशाख १४ । कमलविनायक बचत तथा ऋण सहकारी संस्थाको युवा तथा खेलकुद उपसमितिको आयोजनामा कक्षा ५ र सो भन्दा माथिका बाल बचतकर्ताहरुको अक्षर सुधारको लागि १५ दिने हस्तलेखन तालिम सरस्वती विद्यागृह माविमा सुरु भएको छ।

संस्थाका संस्थापक सल्लाहकार न्हुछे बहादुर खाताखोले प्रष्ट र सुन्दर अक्षरबाट व्यक्तिको व्यक्तित्व पहिचान हुने बताउँदै भविष्य निर्माणको लागि सहयोगी भूमिका निभाउने बताए । तालिमका प्रशिक्षक सुरज दिदियाले सुन्दर अक्षर लेखनको लागि गरिएको मेहनतबाट विद्यार्थीहरू अझ बढी अरु क्षेत्रमा पनि मेहनत गर्ने बताए।

 

संस्थाका अध्यक्ष सुनिल मगजूले संस्थाको विभिन्न गतिविधि सञ्चालन र हालको अवस्था बारे जानकारी दिए। संस्थाका व्यवस्थापक नारायण प्रसाद ह्याैमिखाले नगरबासीको बचत रकम बहुउद्देश्यीय सहकारीबाट सुरक्षित नभएको अवस्थामा विकल्पको रूपमा स्थानीय व्यक्तिहरू मिलेर सहकारी स्थापना भएको बताए।

३६ जना बाल बचतकर्ताहरु सहभागी भएको उक्त कार्यक्रममा युवा तथा खेलकुद उपसमितिका संयोजक विश्वराम मगजू र रामकृष्ण सुवालले पनि आफ्ना विचार राखेका थिए ।

Published Date: 27 April 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने