कमलविनायक साकोसमा १५ दिने हस्तलेखन तालिम सुरू

कमलविनायक साकोसमा १५ दिने हस्तलेखन तालिम सुरू : Icon Khabar

भक्तपुर, वैशाख १४ । कमलविनायक बचत तथा ऋण सहकारी संस्थाको युवा तथा खेलकुद उपसमितिको आयोजनामा कक्षा ५ र सो भन्दा माथिका बाल बचतकर्ताहरुको अक्षर सुधारको लागि १५ दिने हस्तलेखन तालिम सरस्वती विद्यागृह माविमा सुरु भएको छ।

संस्थाका संस्थापक सल्लाहकार न्हुछे बहादुर खाताखोले प्रष्ट र सुन्दर अक्षरबाट व्यक्तिको व्यक्तित्व पहिचान हुने बताउँदै भविष्य निर्माणको लागि सहयोगी भूमिका निभाउने बताए । तालिमका प्रशिक्षक सुरज दिदियाले सुन्दर अक्षर लेखनको लागि गरिएको मेहनतबाट विद्यार्थीहरू अझ बढी अरु क्षेत्रमा पनि मेहनत गर्ने बताए।

 

संस्थाका अध्यक्ष सुनिल मगजूले संस्थाको विभिन्न गतिविधि सञ्चालन र हालको अवस्था बारे जानकारी दिए। संस्थाका व्यवस्थापक नारायण प्रसाद ह्याैमिखाले नगरबासीको बचत रकम बहुउद्देश्यीय सहकारीबाट सुरक्षित नभएको अवस्थामा विकल्पको रूपमा स्थानीय व्यक्तिहरू मिलेर सहकारी स्थापना भएको बताए।

३६ जना बाल बचतकर्ताहरु सहभागी भएको उक्त कार्यक्रममा युवा तथा खेलकुद उपसमितिका संयोजक विश्वराम मगजू र रामकृष्ण सुवालले पनि आफ्ना विचार राखेका थिए ।

Published Date: 27 April 2024
ताजा
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण
लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन
प्रधानमन्त्री बालेनले लिए शपथ, नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता