पाकिस्तानको लागुऔषध विरोधी बलद्वारा ५१ केजी लागुऔषध बरामद, ९ जना पक्राउ

पाकिस्तानको लागुऔषध विरोधी बलद्वारा ५१ केजी लागुऔषध बरामद, ९ जना पक्राउ : Icon Khabar

इस्लामावाद, माघ १५ । (सिन्ह्वा) – पाकिस्तानको लागुऔषध विरोधी बल (एएनएफ) ले ५१ किलोग्रामभन्दा बढी लागूऔषध बरामद गरेको छ र तस्करीमा संलग्न नौ अपराधीलाई पक्राउ गरेको छ ।
प्रवक्ताले जारी गरेको विज्ञप्तिमा एएनएफले छवटा छुट्टाछुट्टै अपरेशन गरी हेरोइन भरिएको क्याप्सुल, नशालु ट्याब्लेट, केटामाइन इन्जेक्सन र चरेससहित लागुऔषध बरामद गरेको जनाएको छ ।

एएनएफ​​ले अफगानिस्तानको सिमाना जोडिएको खैबर आदिवासी जिल्लाबाट उत्तरपश्चिमी प्रान्तीय राजधानी पेशावरमा लागूऔषध तस्करी गर्ने प्रयासलाई विफल पारेको छ र दुई अभियुक्तको कब्जाबाट १४ किलोग्राम चरेस बरामद गरेको छ, विज्ञप्तिमा भनिएको छ।

अर्को छापामा, एएनएफले देशको राजधानी इस्लामावाद नजिकैको राजमार्गमा कारको गोप्य खाडलहरूमा लुकाइएको १६.८ किलोग्राम चरेस बरामद गरेको छ र दुई अभियुक्तलाई पक्राउ गरेको छ।

बलले एक कारबाट २१.८ किलोग्राम चरेस पनि बरामद गरेको छ र दक्षिणपश्चिम प्रान्तीय राजधानी क्वेटाको पश्चिमी बाइपास क्षेत्रमा तीन लागूऔषध तस्करलाई पक्राउ गरेको छ।

बलले इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुलाई पनि पक्राउ गरेको छ र ६५ वटा हेरोइन भरिएको क्याप्सुल बरामद गरेको छ । अधिकारीका अनुसार अभियुक्तहरु विरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता गरी उनीहरुको पछाडि काम गर्ने सञ्जाल पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

Published Date: 29 January 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर