पाकिस्तानको लागुऔषध विरोधी बलद्वारा ५१ केजी लागुऔषध बरामद, ९ जना पक्राउ

पाकिस्तानको लागुऔषध विरोधी बलद्वारा ५१ केजी लागुऔषध बरामद, ९ जना पक्राउ : Icon Khabar

इस्लामावाद, माघ १५ । (सिन्ह्वा) – पाकिस्तानको लागुऔषध विरोधी बल (एएनएफ) ले ५१ किलोग्रामभन्दा बढी लागूऔषध बरामद गरेको छ र तस्करीमा संलग्न नौ अपराधीलाई पक्राउ गरेको छ ।
प्रवक्ताले जारी गरेको विज्ञप्तिमा एएनएफले छवटा छुट्टाछुट्टै अपरेशन गरी हेरोइन भरिएको क्याप्सुल, नशालु ट्याब्लेट, केटामाइन इन्जेक्सन र चरेससहित लागुऔषध बरामद गरेको जनाएको छ ।

एएनएफ​​ले अफगानिस्तानको सिमाना जोडिएको खैबर आदिवासी जिल्लाबाट उत्तरपश्चिमी प्रान्तीय राजधानी पेशावरमा लागूऔषध तस्करी गर्ने प्रयासलाई विफल पारेको छ र दुई अभियुक्तको कब्जाबाट १४ किलोग्राम चरेस बरामद गरेको छ, विज्ञप्तिमा भनिएको छ।

अर्को छापामा, एएनएफले देशको राजधानी इस्लामावाद नजिकैको राजमार्गमा कारको गोप्य खाडलहरूमा लुकाइएको १६.८ किलोग्राम चरेस बरामद गरेको छ र दुई अभियुक्तलाई पक्राउ गरेको छ।

बलले एक कारबाट २१.८ किलोग्राम चरेस पनि बरामद गरेको छ र दक्षिणपश्चिम प्रान्तीय राजधानी क्वेटाको पश्चिमी बाइपास क्षेत्रमा तीन लागूऔषध तस्करलाई पक्राउ गरेको छ।

बलले इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुलाई पनि पक्राउ गरेको छ र ६५ वटा हेरोइन भरिएको क्याप्सुल बरामद गरेको छ । अधिकारीका अनुसार अभियुक्तहरु विरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता गरी उनीहरुको पछाडि काम गर्ने सञ्जाल पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न