बार्सिलोनाको जिरोनामाथी १–० गोल अन्तरले विजयी

बार्सिलोनाको जिरोनामाथी १–० गोल अन्तरले विजयी : Icon Khabar

काठमाण्डौ, माघ १५ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सिजनको अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शनसाथ जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा खेलको ६१ औं मिनेटमा पेड्रीले जोर्डी अल्बाको पासमा निर्णायक गोल गरे ।

खेलमा ६५ औँ मिनेटमा गिरोनाले अर्नाउ मार्टिनेज मार्फत बराबरी गरेको थियो तर फुल ब्याकमा स्पष्ट अफसाइडको कारण गोल अस्वीकार गरियो । खेलमा टचलाइनमा अत्यधिक विरोधको कारण गिरोनाका प्रबन्धक मिचेल सान्चेजलाई रेडकार्ड देखाइएको थियो ।

यस जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक साथ शीर्ष स्थानमा छ भने रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।

Published Date: 29 January 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर