अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, वैशाख ११ । अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुली तीनपाटन गाउँपालिका- ८ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमल प्रसाद अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरीदिने भनेर ब्ल्याकमेल गरी दु:ख हैरानी दिएको उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा अधिकारीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published Date: 23 April 2024


ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली