राप्रपाका अध्यक्षद्वारा कतारका अमिरलाई स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि आह्वान

राप्रपाका अध्यक्षद्वारा कतारका अमिरलाई स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि आह्वान : Icon Khabar

काठमाडौं, वैशाख ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कतारका अमिरलाई नेपालमा स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि आह्वान गरेका छन्।

मंगलबार नेपाल आउन लागेका कतारका अमिरलाई नेपालमा स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि अध्यक्ष लिङदेनले आह्वान गरेका हुन्।

‘लाखौँ नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो,’ उनले भने, ‘त्यसैले हिनताबोध नगरौँ! नवीन समझदारी गरौँ! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ!’

Published Date: 23 April 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर