राप्रपाका अध्यक्षद्वारा कतारका अमिरलाई स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि आह्वान

राप्रपाका अध्यक्षद्वारा कतारका अमिरलाई स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि आह्वान : Icon Khabar

काठमाडौं, वैशाख ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कतारका अमिरलाई नेपालमा स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि आह्वान गरेका छन्।

मंगलबार नेपाल आउन लागेका कतारका अमिरलाई नेपालमा स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि अध्यक्ष लिङदेनले आह्वान गरेका हुन्।

‘लाखौँ नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो,’ उनले भने, ‘त्यसैले हिनताबोध नगरौँ! नवीन समझदारी गरौँ! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 April 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने