कार्टुनिष्ट सरद रञ्जितलाई बराथा स्मृति सम्मान प्रदान

कार्टुनिष्ट सरद रञ्जितलाई बराथा स्मृति सम्मान प्रदान : Icon Khabar

काठमाडौँ, माघ १४ । कार्टुनिष्ट क्लब नेपालको आयोजनामा बराथा स्मृति सम्मान २०७९ पुराना कार्टुनिष्ट सरद रञ्जितलाई कला परिषद् बबरमहलमा एक कार्यक्रमबीच प्रदान गरियो। क्लबका अध्यक्ष बासु क्षितिजको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एबम कार्टुनिष्ट क्लब नेपालका संस्थापक अध्यक्ष अशोकमान सिंहले कदर पत्र प्रदान गरेका हुन्।

क्लबको स्थापनाबारे बताउदै अशोकमान सिंहले पुराना अनुभवीहरुको सम्मान कार्यक्रमले पुरानाको अनुभव साझा हुने र नयाँ पुस्तालाई मार्ग निर्देश हुने बताए । शरद रञ्जितले पहिला नयाँ गोरेटो नामको प्रौढ शिक्षाको पुस्तिका र भादभैलो लगायत ब्यंग्य पत्रिकाहरुको प्रकाशन गर्दाको अनुभव पनि सुनाएका थिए।

क्लबका निवर्तमान अध्यक्ष तथा चर्चित कार्टुनिष्ट अबिन श्रेष्ठले अग्रजहरुले बनाएको ब्यंग चित्रको गोरेटोमा अहिलेका कार्टुनिष्टहरुलाई काम गर्न सजिलो तथा कार्टुनका पारखीहरु शरद रञ्जित र रामकुमार पाण्डेले गर्दा नै अहिलेका कार्टुनिष्ट एक छाक जीविका चलाउन सजिलो भएको बताए ।

सम्मानित शरद रञ्जितले क्लबलाई धन्यवाद दिदै विगतलाई सम्झिएर अझै ब्यंग चित्रमा काम गर्न हौसला पाएको बताउदै नेपाली व्यंग्य चित्रकारहरु इतिहास सम्बन्धि कार्यपत्र सहित पुस्तक प्रकाशन गर्नु पर्ने, अन्तर्राष्ट्रिय कार्टुनिष्टहरु सहितको सेमिनारहरु, नियमित कार्टुन सम्बन्धि कक्षाहरु सञ्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा सभापति तथा अध्यक्ष बासु क्षितिजले सम्मानित कलाकारलाई बधाई दिदै अझै अग्रजहरुको मार्ग निर्देशन, सल्लाह सुझावमा क्लबलाई अगाडि बढाउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने