कार्टुनिष्ट सरद रञ्जितलाई बराथा स्मृति सम्मान प्रदान

कार्टुनिष्ट सरद रञ्जितलाई बराथा स्मृति सम्मान प्रदान : Icon Khabar

काठमाडौँ, माघ १४ । कार्टुनिष्ट क्लब नेपालको आयोजनामा बराथा स्मृति सम्मान २०७९ पुराना कार्टुनिष्ट सरद रञ्जितलाई कला परिषद् बबरमहलमा एक कार्यक्रमबीच प्रदान गरियो। क्लबका अध्यक्ष बासु क्षितिजको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एबम कार्टुनिष्ट क्लब नेपालका संस्थापक अध्यक्ष अशोकमान सिंहले कदर पत्र प्रदान गरेका हुन्।

क्लबको स्थापनाबारे बताउदै अशोकमान सिंहले पुराना अनुभवीहरुको सम्मान कार्यक्रमले पुरानाको अनुभव साझा हुने र नयाँ पुस्तालाई मार्ग निर्देश हुने बताए । शरद रञ्जितले पहिला नयाँ गोरेटो नामको प्रौढ शिक्षाको पुस्तिका र भादभैलो लगायत ब्यंग्य पत्रिकाहरुको प्रकाशन गर्दाको अनुभव पनि सुनाएका थिए।

क्लबका निवर्तमान अध्यक्ष तथा चर्चित कार्टुनिष्ट अबिन श्रेष्ठले अग्रजहरुले बनाएको ब्यंग चित्रको गोरेटोमा अहिलेका कार्टुनिष्टहरुलाई काम गर्न सजिलो तथा कार्टुनका पारखीहरु शरद रञ्जित र रामकुमार पाण्डेले गर्दा नै अहिलेका कार्टुनिष्ट एक छाक जीविका चलाउन सजिलो भएको बताए ।

सम्मानित शरद रञ्जितले क्लबलाई धन्यवाद दिदै विगतलाई सम्झिएर अझै ब्यंग चित्रमा काम गर्न हौसला पाएको बताउदै नेपाली व्यंग्य चित्रकारहरु इतिहास सम्बन्धि कार्यपत्र सहित पुस्तक प्रकाशन गर्नु पर्ने, अन्तर्राष्ट्रिय कार्टुनिष्टहरु सहितको सेमिनारहरु, नियमित कार्टुन सम्बन्धि कक्षाहरु सञ्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा सभापति तथा अध्यक्ष बासु क्षितिजले सम्मानित कलाकारलाई बधाई दिदै अझै अग्रजहरुको मार्ग निर्देशन, सल्लाह सुझावमा क्लबलाई अगाडि बढाउने बताए।

Published Date: 28 January 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर