हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नु जरुरी छ: राष्ट्रपति

हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नु जरुरी छ: राष्ट्रपति : Icon Khabar

काठमाडौं, वैशाख ५ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को (राखेप) को आयोजनामा मंगलबारदेखि सुरु १४औं केन्द्रीयस्तरी राष्ट्रपति रनिङ शिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले नेपालको खेलकुद विकास गर्नका लागि हरेक स्थानीय तहबाट काम गर्नुपर्ने धारणा राखेका हुन् । साथै राष्ट्रपति पौडेलले हरेक स्थानीय क्षेत्रमा खेलकुदको संरचना निर्माणका लागि सरकारको अग्रसरता हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले खेलकुदमै लागेर भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्न पनि सरकारले काम गर्नुपर्ने धारणा राख्दै राष्ट्रपति रनिङ शिल्डजस्ता खेलकुद प्रतियोगितालाई प्रवर्धन गर्न सके नेपाली खेलकुदले अझ फड्को मार्ने बताए ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीले नै एकदिन देशको झन्डा बोक्ने विश्वास व्यक्त गरे ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय टिम निर्माणको जगसमेत रहेको उल्लेख गर्दै सात सय ३५ मध्ये ६३५ स्थानीय तहबाट छनोट भएको जानकारी दिए ।

उद्घाटन कार्यक्रमको सुरुआतमा सहभागी सातै प्रदेशका खेलाडी, प्रशिक्षक, प्रतियोगिताका निर्णायक तथा विभिन्न कला, संस्कृति र पहिचान बोकेका समूहको मार्च पास्ट भएको थियो । विभिन्न खेलका ओलम्पियन दशरथ रंगशालामा ओलम्पिक टर्च ¥यालीका साथै तेक्वान्दोकी पारा ओलम्पियन पलेशाले ओलम्पिक टर्च प्रज्ज्वलन गरेकी थिइन् ।

उद्घाटन सत्रमा खेलाडीको तर्पmबाट कर्णाली प्रदेशकी उसु खेलाडी सन्ध्या राणा क्षेत्री तथा निर्णायकको तर्पmबाट करातेका प्रकाश मोहन धौबडेलले शपथ लिएका थिए । साथै उक्त समारोहमा विभिन्न सांस्कृति नृत्य र तेक्वान्दो, डान्स स्पोर्ट्स र तेक्वान्दो खेलाडीको डेमोन्स्ट्रेसन भएको थियो । तृष्णा गुरुङ एन्ड दि कोल्याब समूहले प्रस्तुती दिएको थियो ।

तीन दिने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुँदै छ । पहिलो दिन एथलेटिक्सको ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ भने भलिबल र कबड्डीको प्रतिस्पर्धा पनि सुरु भएको छ ।

Published Date: 17 April 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी