हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले लिए आरोहण अनुमति

हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले लिए आरोहण अनुमति : Icon Khabar

काठमाडौँ, वैशाख ५ । वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १३४ महिला र ४७८ जना पुरुष छन् ।

विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथासहित विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २७४ आरोहीले अनुमति लिएका छन् ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका थिए ।

यस पटक सगरमाथा आरोहणका लागि २२१ पुरुष र ५३ जना महिलाले अनुमति लिएको छ । सगरमाथा आरोहणका लागि यस पटक सबैभन्दा बढी अमेरिकाबाट ५९, चीनबाट ३८, जापानबाट १९, भारतबाट १७, रसियाबाट १६ र बेलायतबाट १५ जनाले अनुमति लिएका छन् ।

सगरमाथापछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन् । त्यसै गरी मकालु पहिलोका लागि ४५, लोत्सेका लागि ४०, अन्नपूर्ण पहिलोका लागि २५ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ३९ करोड १२ लाख ८५ हजार ८८७ रुपियाँ हिमाली दस्तुर (राजस्व) प्राप्त भएको छ । त्यस्तै २३ वटै हिमालमा दिएको अनुमतिबापत ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

आरोहणको सिजन सुरु भएसँगै सगरमाथा, अमादब्लम, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से, अमादब्लम, जुगललगायत हिमालका आधार शिविर आरोहीले भरिभराउ हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न