आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ६ । आज २०८१ साल वैशाख ६ गते बिहीवार, तद्नुसार अप्रिल १८, २०२४, नेपाल संवत ११४४ (चिल्लागा), उत्तरायणं वसन्त ऋतु, चैत शुक्ल पक्षको दशमी तिथी, अश्लेशा नक्षत्र, गण्ड योग, चन्द्रराशिः कर्कट, सूर्योदयः बिहान ०५ः३७ बजे, सूर्यास्त साँझ १८ः३० बजे ।

मेष: नवीन वस्त्राभूषण प्राप्ति हुनेछ । यात्रा, जागिर तथा लगानी फलदायी रहनेछन् । परीक्षामा सफलता प्राप्त हुनेछ ।

वृष: शत्रु सक्रिय रहने छन् । लेन–देनमा सावधानी अपनाउनु होला, जोखिम नलिनु उचित हुनेछ । कुनै शुभ चिन्तकसंग भेटघाटको हर्ष हुनेछ ।

मिथुन: डूबेको रकम प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । आकस्मिक लाभ अथवा निकटका आफन्तको प्रगतिबाट मनमा प्रसन्नता रहने छ ।

कर्कट: कार्यस्थलमा परिवर्तनले लाभमा वृद्धि गर्नेछ । योजना फलीभूत हुनेछ । पारिवारिक जिम्मेदारी बढ्नाले व्यस्ततासमेत बढ्ने छ ।

सिंह: कानूनी वाधा हट्नेछ । अध्यात्ममा रुचि रहने छ । रोकिएको धनका लागि प्रयत्न गर्नु पर्नेछ । दाम्पत्य जीवन सुखद रहने छ ।

कन्या: चोट, चोरी अथवा विवादबाट हानि सम्भव छ । कार्यमा विलम्बको योग छ । पारिवारिक जीवन तनावपूर्ण रहने छ ।

तुला: जीवनसाथीबाट सहयोग पाइने छ । अर्थ प्राप्तिको योग बन्ने छ । बुवाबाट व्यापारमा सहयोग पाउन सकिने छ ।

वृश्चिक: बेरोजगारी हट्ने छ । मनमा उत्साहपूर्ण विचारका कारण समय सुखद व्यतीत हुनेछ । अनायास धन लाभको योग छ ।

धनु: रचनात्मक कार्य सफल रहने छ । कुनै ठूलो कार्यक्रमको अंश बन्नु हुनेछ । प्रसन्नता कायम रहने छ ।

मकर: विवादलाई नबढाउनु होला । कुनै कार्यमा प्रतिस्पर्धात्मक तरिकाले जोडिने प्रवृत्ति तपाईंका लागि शुभ रहने छ ।

कुम्भ: मेहनतको फल पाइने छ । मान–सम्मान पाइने छ । लाभ हुनेछ ।

मीन: पाहुनाहरुको आवागन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । प्रसन्नता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2024
Website | + posts